पिसाब रोकिराख्दा आउने स्वास्थ्य समस्या

घरबाट बाहिर जाँदा ठाउँ ठाउँमा शौचालयको व्यवस्था नहुन सक्छ । यस्तोमा कैयौं घण्टासम्म पनि पिसाब रोकेर राख्नुपर्ने अवस्था आउन सक्छ । कहिलेकाँही दुई तीन घण्टा पनि पिसाब रोकेर राख्नुपर्ने अवस्था आउँछ । तर के तपाईंले सोंच्नुभएको छ यसरी नियमित रुपमा पिसाब रोक्ने गर्दा विभिन्न स्वास्थ्य समस्या आउन सक्छ । विशेषज्ञ डाक्टरबाट यसबारेमा जान्ने कोसिस गरौं ।

तपाईंलाई थाहै छ होला उमेर अवस्था अनुसारले नै पिसाबलाई रोक्न सकिन्छ । साना बच्चाले आफ्नो पिसाब एक देखि दुई घण्टासम्म रोक्न सक्छन् । त्यस्तै ठूला बच्चाले दुई देखि चार घण्टासम्म पिसाब रोक्न सक्छन् । त्यस्तै यदी ठूला व्यक्ति यानिकी वयस्कको कुरा गर्ने हो भने उनीहरु पिसाब ६–७ घण्टा पनि रोक्न सक्छन् । तर यो जरुरी होइन यति लामो समय पिसाब रोकेर राख्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

लामो समय पिसाब रोकेर राख्दा तपाईंको ब्लाडरको मसल्स कमजोर हुन सक्छ । यस्तोमा विस्तारै तपाईंको पिसाब रोक्न सक्ने क्षमता पनि कम हुँदै जान्छ । त्यस्तै लामो समय पिसाब रोकेर राख्ने बानीले पेल्विक एरियामा दुख्ने समस्या पनि हुन सक्छ । पछि गएर यो लगातार दुख्ने विमारी जस्तो पनि हुन सक्छ ।

पिसाब लामो समय रोकेर राख्दा हुने अर्को मुख्य समस्या भनेको पिसाबमा हुने संक्रमण पनि हो । त्यसैले केही समयमा पिसाब थैली खाली गरिराख्नु पर्दछ । लामो समयसम्म पिसाब रोकेर राख्ने बानीले पिसाब थैली तन्किन थाल्छ । जसले गर्दा पछि गएर पिसाब गर्न पनि समस्या हुने वा पिसाब चुहिने जस्तो समस्या हुन सक्छ ।

त्यस्तै पिसाबलाई लामो समय रोक्ने गर्दा मृगौला वा पिसाब थैली वा नलीमा पत्थरी बन्ने समस्या हुन्छ । यदी पहिले नै तपाईंलाई पत्थरीको समस्या भएमा झनै पिसाब रोक्नु हुँदैन । यसले समस्या अझै बढ्न सक्छ ।

एजेन्सी

Comments

Back to top