नेप्से ५.६० अंकले घट्यो, ४ अर्ब २७ करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २,६२८.२६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल ८१ लाख ४७ हजार ३२० कित्ता सेयरको करिब ४ अर्ब २७ करोड बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८१ कम्पनीको सेयर मूल्य बढेको छ, १४९ कम्पनीको मूल्यमा गिरावट छ भने १२ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top