प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले बढ्यो !
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ विन्दुले बढेको छ।
मंगलबार २.९५ अंकले घटेर २,६३३.८७ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६३४.४८ मा खुलेको हो। कुल १,१७६ कित्ता सेयरको खरिदबिक्री करिब ९ लाख ६६ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ३५ कम्पनीमध्ये १९ को मूल्य बढ्यो भने १४ कम्पनीको मूल्य घटेको छ ।
यस अवधीमा कुल ४६ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments