नेपाल एसबीआई बैंकको पुस २१ गते वार्षिक साधारण सभा
नेपाल एसबीआई बैंकको लाभांश प्रस्ताव पारित गर्न पुस २१ गते वार्षिक साधारण सभा बस्ने भएको छ । बैंकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ६ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
तर पुस ६ गते शनिबार परेको छ । यस्तै, ५ गते शुक्रबार पनि सेयर बजारमा सेयर कारोबार हुँदैन । यस आधारमा बैंकको लाभांश हात पार्न पुस ४ गते बिहीबारसम्म सेयर खरिद सक्नुपर्ने हुन्छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
एजेन्सी
Comments