संवेदनशील बच्चालाई सम्हाल्ने तरिका

साना बच्चाहरूलाई हेरचाह गर्नु एउटा ठूलै चुनौती हुन्छ । त्यसमाथि यदी तपाईंको बच्चा आवश्यकता भन्दा बढी नै संवेदनशील छ भने उसलाई ख्याल गर्न अझै धेरै गाह्रो हुन्छ ।

आज हामी विभिन्न अध्ययन तथा अनुसन्धानहरूबाट पत्ता लागेका संवेदनशील बच्चालाई ख्याल गर्ने तरिकाबारे बताउनेछौं । जसलाई अपनाएर तपाईं पनि आफ्नो संवेदनशील बच्चालाई सम्हाल्न सक्नुहुनेछ ।

यदी तपाईंको बच्चा एकदमै धेरै संवेदनशील छ भने उसँग कडा रूपमा प्रस्तुत नुहुनुहोला । किनकी यसले उसलाई अझै एक्लो महसुस गराउन सक्छ ।

ओभर इमोशनल बच्चाहरूले कैयौंपटक आफूलाई एक्लो महसुस गर्न थाल्छन् । त्यसैले यस्तो अवस्थामा उनीहरूलाई समय दिनु एकदमै जरूरी हुन्छ । उनीहरूका लागि केहीबेर समय निकालेर खेल्ने पढ्दा सहयोग गर्ने गर्नुहोस् ।

यदी तपाईंको बच्चा एकदमै उदास देखिएको छ भने उसलाई खुशी पार्ने कोसिस गर्नुहोस् । बच्चाले कुनै पनि कुरा छिटो भुल्ने भएकाले उसलाई लामो समय उदास अवस्थामा राख्नु सही हुँदैन । किनकी उनीहरूलाई मायाले फकाउँदा उनीहरू मान्छन् ।

हुन सक्छ तपाईंको बच्चा हरेक कुरामा नभएर कुनै कुनै कुराहरूमा संवेदनशील हुन पनि सक्छ । त्यसैले उसप्रति ध्यान दिनुहोस् उसलाई के कुराले संवेदनशील बनाइरहेको छ।

कैयौंपटक लामो समयसम्म घरदेखि टाढा कतै नजाँदा पनि बच्चाहरू निरास हुन्छन् । यस्तोमा समय समयमा बच्चालाई नयाँ नयाँ ठाउँहरूमा घुमाउने कोसिस गर्नुहोस् ।

यदी तपाईंको बच्चा एकदमै धेरै संवेदनशील छ भने उसले भन्न चाहेको कुरालाई चासो लिएर सुन्नुहोस् । कतिपय अवस्थामा उसलाई ध्यान नदिँदा पनि ऊ निरास हुन सक्छ । यस्तोमा उनीहरूलाई खुशी बनाउने कोसिस पनि गर्नुपर्दछ ।

धेरै नै भावुक हुने बच्चाहरूलाई आफ्नो विचार मात्र थोपर्नुको साटो उनीहरूको भावना पनि बुझ्नुहोस् । उनीहरूको विचार र कुरालाई सम्झनुहोस् र स्वीकार गर्ने कोसिस गर्नुहोस् । यसले उनीहरूलाई राम्रो महसुस गराउँछ ।

एजेन्सी

Comments

Back to top