मस्कोमा भएको बम विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु

रुसको राजधानी मस्कोमा भएको बम विस्फोटमा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ ।

घटना मंगलबार भएको बीबीसीले जनाएको छ । रुसको अनुसन्धान समितिले विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ न्यूक्लियर बायोलोजिकल केमिकल डिफेन्स फोर्समा तैनाथ थिए ।

स्कुटरमा लुकाइएको यन्त्र विस्फोट हुँदा यो घटना भएको होमस्कोमा भएको बम विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु। यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको अनुसन्धान समितिले जनाएको छ ।

गत अक्टोबरमा बेलायतले युक्रेनविरुद्धको युद्धमा रासायनिक हतियारको प्रयोगलाई बेवास्ता गरेको भन्दै किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो ।

बेलायतले किरिलोभ ‘क्रेमलिनको मुखपत्र’ बनेको आरोप लगाएको थियो ।

एजेन्सी

Comments

Back to top