नेप्सेमा सामान्य अंकको वृद्धि, ४ अर्ब ३४ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेर २,६३३.८७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१८ कम्पनीको कुल ८९ लाख ३९ हजार ३४८ कित्ता सेयरको करिब ४ अर्ब ३४ करोड ३२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य बढेको छ, ११७ कम्पनीको मूल्यमा गिरावट छ भने १० कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २४ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top