नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँबीच सम्झौता

नेपाल एसबिआई बैंक लिमिटेड र रेडिसन होटेल काठमाडौँ बीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थमा १५५ सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका प्रमुख संचालन अधिकृत विकास आनन्द र रेडिसन होटेल काठमाडौँका निर्देशक (खाद्य तथा पेय पदार्थ), केदार पाण्डेले आदानप्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

एजेन्सी

 

Comments

Back to top