हिमालयन हाइड्रोपावरको १७औं वार्षिक साधारणसभा पुस २६ गते
हिमालयन हाइड्रोपावर लिमिटेडले १७औं वार्षिक साधारणसभा पुस २६ गतेका लागि बोलाएको छ ।
मंसिर २८ मा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइड पोखरामा बिहान ११ बजेदेखि बस्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव राखेको छैन ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १५ गतेसम्म शेयरधनी बन्नेले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
एजेन्सी
Comments