नेप्सेमा ५१.३७ अंकको गिरावट, ५ अर्ब ९३ करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक ५१.३७ अंकले घटेर २,६३०.९१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०४ कम्पनीको कुल १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयरको करिब ५ अर्ब ९३ करोड ५६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १५ कम्पनीको सेयर मूल्य बढेको छ, २२७ कम्पनीको मूल्यमा गिरावट छ भने २ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा जानकी फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.५८% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ४५ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको कारोबार भयो।

Comments

Back to top