रातमा दुध र रोटी खाँदा हुने फाइदा
धेरै मानिस रोटीलाई तरकारी वा दालसँग खान मन पराउँछन्। तर तपाईंलाई थाहा छ ? रोटीलाई दुधसँग मात्र खाँदा पनि एकदमै फाइदा हुन्छ ।
ऊर्जा दिन्छ
शरीरमा कमजोरी भएको बेला रातको समयमा तपाईं दुधमा रोटी राखेर खानुभयो भने यो एकदमै फाइदाजनक हुन्छ । किनकी यसमा पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्दछ ।
तनाव कम गर्दछ
यदि तपाईं दैनिक रातमा रोटी र दुधको सेवन गर्नुहुन्छ भने यो स्वास्थ्यका लागि फाइदाजनक सावित हुन्छ । यसको सेवनले तनाव कम गर्न सहयोग पुग्छ ।
तौल बढ्छ
यदि तपाईं आफ्नो तौल बढाउन चाहनुहुन्छ भने यसको सेवन रातमा गर्नु एकदमै फाइदाजनक हुन्छ । यसलाई खाँदा शरीरमा प्रयाप्त क्यालोरी पाइन्छ साथमा फ्याट र काब्र्स पनि पाइन्छ ।
पेटका लागि फाइदाजनक
रातमा दुध र रोटीको सेवन गर्नाले एसिडिटी, ग्यास जस्ता समस्या टाढा भाग्छन् । यसले पाचन प्रक्रिया पनि बलियो हुन्छ । यस्तोमा कब्जियतको समस्या कम हुन्छ ।
राम्रो निद्रा
रातमा तेल तथा मसालायुक्त खानेकुरा खानु भन्दा दुध र रोटीको सेवन गरेमा निद्रा राम्रोसँग लाग्छ । यस्तो भोजन सजिलोसँग पच्ने गर्दछ । जसले गर्दा आरामदायी निद्रा लाग्दछ ।
एजेन्सी
Comments