हीरो मोटोकर्पद्वारा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक
विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल- एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ।
हीरो मोटोकर्पले एक्स्ट्रिम रेन्ज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन-आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएको छ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने कम्पनीको विश्वास छ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य तीन लाख ८४ हजार नौ सय रुपैयाँ र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि दुई लाख ८९ हजार नौ सय रुपैयाँ र एबीएस भेरियन्टका लागि तीन लाख ११ हजार हजार नौ सय रुपैयाँ तोकिएको छ।
सार्वजनिक यी दुबै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको हो।
सन् २०१४ मा नेपाल प्रवेश गरेको हीरो मोटोकर्पले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ।
चौधरी गु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो। १ सय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग, १५ हजारभन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन्।
एजेन्सी
Comments