स्वास्थ्यको लागि औषधीय गुणले भरिपूर्ण आकाशबेली
तपाईंले कुनै रूख बिरूवामा जेलिएको पहेँलो लहरा देख्नुभएको होला । तपाईंलाई लाग्न सक्छ कि यो सामान्य लहरा मात्र हो । तर, यसको आयुर्वेदमा यति धेरै महत्त्व छ कि तपाईं थाहा पाएर दंग पर्नुहुनेछ ।
आयुर्वेदमा धेरै यस्ता रूख–बिरूवा छन्, जसले स्वास्थ्यको लागि औषधिको रूपमा काम गर्छ । यीमध्ये आकाशबेलीको नाम पनि शीर्ष स्थानमा आउँछ । धेरै पहिलादेखि आयुर्वेदले यसको प्रयोग औषधि बनाउनमा गर्दै आएका छन् ।
आकाशबेलीका स्वास्थ्य फाइदा
सम्पूर्ण पोषक तत्त्वहरूले भरिपूर्ण आकाशबेली पुरूषको स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ । यसले पुरूषमा टेस्टोस्टेरोनको स्तर बढाउन मद्दत गर्छ, जसले प्रजनन क्षमता र मांसपेशीहरूको विकासमा सहयोग गर्छ । यसले यौन शक्ति बढाउन मद्दत गर्छ र नपुंसकताबाट बचाउनमा पनि प्रभावकारी हुन्छ । यसका साथै, यसले पुरूषलाई तनाव र थकानबाट राहत दिलाउन पनि मद्दत गर्छ ।
जन्डिसको उपचारको लागि
प्राचिनकालदेखि आकाशबेलीलाई जन्डिसको उपचार गर्न प्रयोग गरिन्छ । यसको रस जन्डिसको उपचार गर्न प्रयोग गरिन्छ । यसलाई जन्डिसको साथै दुखाइ, ट्युमर र छालाको संक्रमण जस्ता अन्य रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ ।
मुखको घाउ निको पार्छ
आकाशबेलीको प्रयोगले मुखको घाउ निको पार्दछ । आकाशबेलीमा एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी जस्ता धेरै गुण पाइन्छ, जसले मुखको घाउहरू निको पार्न मद्दत गर्छ ।
खराब कोलेस्ट्रोल नियन्त्रण
शरीरमा बढ्दै गरेको खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्नमा पनि आकाशबेलीले महत्त्वपूर्ण भूमिका खेल्छ । यसमा भएका औषधीय गुणहरूले खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोललाई बनाउन मद्दत गर्छ । यसका साथै यसले रक्तचापलाई स्थिर राखेर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको नियमित प्रयोगले मुटुसँग सम्बन्धित रोगहरूको जोखिम कम हुन सक्छ ।
एनिमियाबाट बचाउँछ
औषधीय गुणहरूले भरिपूर्ण आकाशबेलीमा एनिमिया जस्तो खतरनाक रोगसँग लड्न मद्दत गर्छ । आकाशबेलीमा आइरन, क्याल्सियम, भिटामिन सी जस्ता तत्त्व पाइन्छ । जसले हेमोग्लोबिनको कमीलाई पूरा गरेर रगतलाई स्वस्थ राख्न मद्दत गर्छ ।
एजेन्सी
Comments