नेप्सेमा २४.९७ अंकको गिरावट, सेयर कारोबार ९ अर्ब १३ करोड!
बुधबार नेप्से परिसूचक २४.९७ अंकले घटेर २,७५०.८७ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२० कम्पनीको कुल २ करोड ३ लाख ३२ हजार ०६६ कित्ता सेयरको करिब ९ अर्ब १३ करोड २४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ, १३२ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमा आधारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ३० लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको कारोबार भयो।
Comments