नेप्से इन्ट्राडे अपडेट: १.१२ अंकको वृद्धि!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक १.१२ अंकले बढेको छ।
दुई घण्टामा नेप्से १.१२ अङ्कले बढेर २,७७६.९७ मा आएको हो। २९६ कम्पनीको ९,८५४,२२२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब ३६ करोड ३३ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा इङ्वा हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा ९.९९% वृद्धि भएको छ भने टप लुजरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments