फर्स्ट माइक्रोफाइनान्सको पुस ११ गते वार्षिक साधारण सभा
फर्स्ट माइक्रोफाइनान्सको पुस ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
एजेन्सी
Comments