नेपाललाई चीनले ९ अर्ब अनुदान सहयोग गर्ने
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको आज भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका जनाइएकाे छ ।
चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन्। सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कनेछन् ।
चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार उनी बेइजिङ पुगेका हुन् । उनलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए ।
एजेन्सी
Comments