नेप्सेमा १७.८० अंकको वृद्धि, सेयर कारोबार ८ अर्ब ५२ करोड!
मंगलबार नेप्से परिसूचक १७.८० अंकले बढेर २,७७५.८० विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयरको करिब ८ अर्ब ५२ करोड १२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४२ कम्पनीको सेयर मूल्य बढेको छ, ९७ कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेड र इङ्वा हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा अपर साङ्गे हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.५१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको छ।
Comments