नेपाल-चीनबीच ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर
नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदानसहित ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।
नेपाल र चीनबीच भएको अर्को सहमतिमा नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदानका कुरा रहेको परराष्ट्र स्रोतले जनाएको छ ।
सहमतिको तेस्रो बुँदामा ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदानका विषय छ ।
मुख्य ९ बुँदे सहमति र समझदारीहरू:
- टोखा–छहरे सुरुङमार्ग निर्माण:
- दुबै पक्षबीच सुरुङमार्ग निर्माणसम्बन्धी आवश्यक प्राविधिक र आर्थिक पहललाई अघि बढाउन पत्र आदानप्रदान।
- नेपाल–चीन व्यापार अभिवृद्धि:
- दुई देशबीच व्यापार प्रवर्द्धन र सहजताका लागि समझदारीपत्र आदानप्रदान।
- ९ तले वसन्तपुर दरबार पुनर्निर्माण:
- ऐतिहासिक वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र आदानप्रदान।
- भैंसीको तयारी मासु निर्यात प्रोटोकल:
- चीनमा नेपाली भैंसीको मासु निर्यातका लागि आवश्यक प्रोटोकलमा हस्ताक्षर।
- विकास योजनासम्बन्धी समझदारी:
- नेपालका ठूला विकास योजनामा चिनियाँ सहयोग सुनिश्चित गर्न समझदारीपत्र।
- आर्थिक तथा प्राविधिक सहयोग:
- नेपालमा चिनियाँ आर्थिक र प्राविधिक सहयोगका नयाँ परियोजनाहरूलाई अघि बढाउन सहमति।
- नगद सहयोगसम्बन्धी सहमति:
- चीनले नेपाललाई नगद सहयोग प्रदान गर्नेबारे पत्र आदानप्रदान।
- चिनियाँ भाषा शिक्षकका स्वयंसेवी कार्यक्रम:
- नेपालमा चिनियाँ भाषा सिकाउन स्वयंसेवी शिक्षक पठाउने समझदारी।
- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सहकार्य:
- सञ्चार प्रविधिमा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप (सीएमजी) बीच सहकार्यको समझदारी।
एजेन्सी
Comments