नेप्सेमा १९.९७ अंकको वृद्धि, सेयर कारोबार १० अर्ब ५४ करोड!

सोमबार नेप्से परिसूचक १९.९७ अंकले बढेर २,७५८.०४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयरको करिब १० अर्ब ५४ करोड १७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको छ, ११२ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा तारागाउँ रेजेन्सी होटल लिमिटेड, बिसाल बजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य ८.७२% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ।भोल्यूमका आधारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को कारोबार भयो।

Comments

Back to top