प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.२० अंकले बढ्यो !
सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.२० विन्दुले बढेको छ।
आइतबार ९.९९ अंकले घटेर २,७३८.०६ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,७४९.२६ मा खुलेको हो। कुल ९२,९०० कित्ता सेयरको खरिदबिक्री करिब ८ करोड ७ लाख २२ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ७३ कम्पनीमध्ये ३९ को मूल्य बढ्यो भने २७ कम्पनीको मूल्य घटेको छ । बाँकी ५ कम्पनीको मूल्यमा परिवर्तन छैन।
यस अवधीमा कुल १५४ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments