नेप्से इन्ट्राडे अपडेट: २.४६ अंकको गिरावट!
आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २.४६ अंकले घटेको छ।
दुई घण्टामा नेप्से २.४६ अङ्कले घटेर २,७४५.५९ मा आएको हो। २९६ कम्पनीको ८,६२४,८१४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब ५७ करोड ८२ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा बिशाल बजार कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ९.९४% वृद्धि भएको छ भने टप लुजरमा जानकी फाइनान्स कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments