जेलेन्स्कीले बताए रुस-युक्रेन युद्ध अन्त्य हुनसक्ने अवस्था

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न आफ्नो देशलाई नाटोमा समावेश गर्न सुझाव दिएका छन् ।

स्काई न्यूजसँगको एक अन्तर्वार्तामा जेलेन्स्कीलाई हाल युक्रेनसँग रहेको रहेको क्षेत्रको आधारमा नाटो सदस्यता स्वीकार गर्नुहुन्छ भनेर सोधिएको थियो ।

यसबारे युक्रेनका राष्ट्रपतिले आफू यो कुरामा सहमत रहेको तर, सबैभन्दा पहिले सम्पूर्ण युक्रेनलाई आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र नाटोको सदस्यता दिइएमा मात्रै यस्तो हुने बताए ।

जेलेन्स्कीले भने, ‘युक्रेनले रूसी नियन्त्रणबाट क्षेत्र फिर्ता लिन कूटनीतिक रूपमा वार्ता गर्न प्रयास गर्न सक्छ ।’

तर, जेलेन्स्कीको यो सुझाव पूर्णतया सैद्धान्तिक नभएको कारण अहिलेसम्म आफूलाई यस्तो प्रस्ताव कसैबाट नआएको बताए ।

नाटोले जेलेन्स्कीको सुझावलाई विचार गर्नेछ कि गर्दैन भन्ने शंका छ ।

एजेन्सी

Comments

Back to top