लिवर्टी इनर्जीले मंसिर १६ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

लिवर्टी इनर्जीले मंसिर १६ गते आइतबारदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः ०।५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

जस अनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरका लागि यसले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यो हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन पाइनेछ ।

यसमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

यस्तै, प्रभु बैंकको बेशिसहर, लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

एजेन्सी

Comments

Back to top