गम्भीर श्रेणीमा वायु प्रदूषण भएसँगै दिल्लीमा आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागू
भारतको दिल्लीमा वायु प्रदूषणको गम्भीर स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले सबै सरकारी विभागहरूमा ५० प्रतिशत कर्मचारीलाई वर्क फ्रम होम लागू गरेको छ।
दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल राईले दिल्ली सरकारले राज्यमा प्रदूषण नियन्त्रण गर्न धेरै कदम चालिरहेको बताउँदै आधा कर्मचारीलाई‘वर्क फ्रम होम’ लागू गरिएको जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘दिल्ली सरकारअन्तर्गतको आपतकालीन विभागबाहेक सबै विभागमा ५० प्रतिशत काम घरबाटै गर्ने निर्णय भएको छ ।’
उनले दिल्ली सरकारले निजी क्षेत्रका कम्पनी र कार्यालयहरूलाई पनि ५० प्रतिशत वर्क फ्रम होम लागू गर्न सुझाव दिएको बताए ।
यसबाहेक दिल्ली सरकारले कार्यालयको समय परिवर्तन गर्न र कर्मचारीहरूको सुविधाका लागि शटल बस सेवा प्रयोग गर्न पनि सुझाव दिएको छ ।
एजेन्सी
Comments