अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
अमेरिकामा भारतीय मूलका व्यापारी विवेक रामास्वामीले सरकारी जागिरमा ठूलो कटौती गर्ने तयारी रहेको संकेत गरेका छन् । रामास्वामीले बिहीबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा हजारौं सरकारी कर्मचारीहरूलाई सामूहिक रूपमा बर्खास्त गर्न मस्कसँग हात मिलाउने बताएका थिए । उनले यसरी नै देश बचाउने हो भनेका छन् ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै रामास्वामी र टेस्ला प्रमुख एलोन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ को प्रभारी नियुक्त गरेका छन् । ट्रम्पले सरकारी नोकरशाही हटाउन र सरकारी पैसा बचत गर्न यो विभाग सुरु गरेका हुन् । रामास्वामीले धेरै नोकरशाही हुँदा कम नवीनता र अधिक खर्च भएको बताएका छन् । खाद्य र औषधि प्रशासन, परमाणु नियामक आयोग र अन्य एजेन्सीहरुमा कर्मचारी धेरै हुँदा सहस्या रहेको बताए । यस्ता एजेन्सीहरुले आफ्ना निर्णयहरुमार्फत नयाँ आविष्कारहरुलाई अनुमति दिँदैेनन् र लागत बढाउँछन् जसले देशको विकासमा बाधा पुर्याउने रामास्वामीको जिकिर छ ।
रामाास्वामीले अब अमेरिकामा नयाँ बिहानी सुरु हुने र नयाँ पुस्तालाई कडा मिहिनेतले मात्रै अमेरिका अगाडि बढ्नसक्ने सिकाउने बताए । उनले अब अमेरिकामा सबैभन्दा योग्य व्यक्तिले मात्रै काम पाउने बताए ।
एजेन्सी
Comments