नेप्से ९.०९ अंकले बढ्यो , सेयर कारोबार ७ अर्ब ९ करोड!
बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २,७११.७५ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२३ कम्पनीको कुल १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयरको करिब ७ अर्ब ९ करोड २८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ, ८९ कम्पनीको मूल्यमा गिरावट छ भने ११ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका ५ उपसमूहको परिसूचक घटेको छ भने ८ उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा न्यादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ८१ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको कारोबार भयो।
Comments