नेप्से इन्ट्राडे अपडेट: ८.५६ अंकको वृद्धि!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ८.५६ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ८.५६ अङ्कले बढेर २,७११.२१ मा आएको हो। ३०९ कम्पनीको ५,९५१,६१४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ७८ करोड ४ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.१०% वृद्धि भएको छ भने टप लुजरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments