चीनले भारतसँग आशा राख्यो सिधा उडान पुनःस्थापना र भिसा सुविधा

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । ब्रजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।

वाङ यीलाई भेटेपछि एस जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको छ ।’

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार वाङ यीले एस जयशंकरसँग दुई देशबीचको सिधा उडान पुनःस्थापना, भिसा सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिने लगायतका धेरै विषयमा कुराकानी गरेको उल्लेख छ ।

भारत र चीनले हालै वास्तविक नियन्त्रण रेखामा सेनाको गस्ती गर्ने सम्बन्धमा सम्झौता गरेका थिए । 

त्यसको केही दिनपछि ब्रिक्स शिखर सम्मेलनको क्रममा रुसको काजानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो ।

एजेन्सी

Comments

Back to top