सूर्यज्योति लाइफ इन्स्योरेन्सको २७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।इन्स्योरेन्सले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाललाई कम्पनीका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या र दररेट खुलाई कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथलीमा शिलबन्दी पेस गर्नुपर्नेछ ।
साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ ।
एजेन्सी
Comments