मार्क क्युबान : जो संघर्ष गर्दै गरिबबाट एक अर्बपति बने

निकै कम मान्छेको धनाढ्य यात्रा गरिबीबाट सुरु हुन्छ। मार्क क्युबान त्यसैमध्येका एक हुन्।

उनको सफलता त्यहाँबाट सुरु भयो जब उनले आफ्नो बुबासँग एक जोर जुत्ता मागे। 

भनिन्छ नि, कसैको पनि हिजो,आज र भोलि उही हुँदैन। आज तिनै क्युबान डालास मेवरिक्सका मालिक छन्, झण्डै साढे ५ अर्ब डलर उनीसँग छ। 

२०१५ यता २०२२ मा बाहेक मार्कको सम्पत्ति बढोत्तरी भएको छ। २०१५ मा ३ अर्ब सम्पत्ति भएका मार्कसँग अहिले झण्डै साढे ५ अर्ब डलरको सम्पत्ति छ। प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति वरीयतामा ५६३औँ स्थानमा छन् उनी। 

गरिबीबाट कमाएको सफलता 
मार्क पहिल्यै धनी थिएनन्। उनको सफलता गरिबीसँग जोडिएको छ। एक सफल व्यवसायी बन्नुअघि उनी एक फोहोर राख्ने झोला बेच्ने साधारण व्यक्ति थिए। मध्यमवर्गीय परिवारका उनी अमेरिकाको पेन्सिल्भेनियास्थित पिट्सबर्गमा हुर्किए।

बुबाका एक साथीले मार्कलाई तिनै झोला भरिएका बक्स बेच्ने शर्त राखे। पैसाका लागि ती सबै बेच्नुपर्ने थियो। जुन पैसाले उनी आफ्नो जुत्ता खरिद गर्न सक्थे।

‘त्यो नै मेरो पहिलो व्यवसाय थियो। संसारकै पहिलो र सम्भवतः एक मात्र फोहोर राख्ने झोला घर घर गई बिक्री गर्ने कम्पनी’, मार्क भन्छन्। 

उनले बुबाको साथीसँग ३ डलरमा गार्बेज ब्याग्स (फोहोर राख्ने झोला) किनेर ६ डलरमा बिक्री गरे। त्यही गार्बेज ब्याग्सले उनलाई सफल बनायो। मार्क ग्राहकलाई यदि झोला चाहिए आफूलाई सम्पर्क गर्न भन्थे। चाहिएको मान्छेको घरमै पु¥याइदिने प्रतिबद्धता जनाउँथे। 

१६ वर्ष पुगेपछि उनले थाहा पाए– व्यवसायमै मेरो खास रुचि छ। योसँगै उनी युनिभर्सिटी अफ पिट्सबर्गको रात्रिकालीन कक्षा लिनथाले।

त्यसो त १७ वर्षमै उनले पूरै समय कलेजमा दिन हाइस्कुल छाडेका थिए भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। वास्तवमा लखपति र अर्बपति बन्न स्कुल छाड्नुलाई सामान्य नै मानिन्छ। 

लेन्स टेक्नोलोजिजका मालिक तथा प्रमुख कार्यकारी झाउ कनफेई अहिले ६.१ अर्ब डलर सम्पत्तिका मालिक छन्। उनले लेन्स फ्याक्ट्रीमा काम गर्न स्कुल छाडेकी थिइन् जहाँ उनले आफ्नै व्यवसायका लागि पैसाको जोहो गर्न सकिन्। 

बिल गेट्स हुन् कि मार्क जुकरबर्ग संसारले चिनेका धेरै अन्य धनाढ्यले पनि हाइस्कुल र कलेज छाडेका थिए। 

के हो त क्युबानको प्रेरणा? समय 
क्युबानले जीक्यु म्यागजिनसँगको अन्तर्वार्तामा हाई स्कुल प्रवेश गर्नुको कारण खुलाएका छन्। उनी जति सकिन्छ व्यवसायबारे धेरैभन्दा धेरै जान्न चाहन्थे।

सोही कारण युनिभर्सिटी अफ पिट्सबर्गमा रात्रिकालीन कक्षा लिएका थिए। १७ वर्षको उमेरमै उनी हाई स्कुल छाडेर कलेज भर्ना भएका थिए। 

क्युबानको प्रेरणा पैसा थिएन। उनी लाखौँ कमाऊँ भनेर सोच्दैनथे। तर उनलाई लाग्थ्यो– समयअनुसार चल्नुपर्छ। उनी आफ्नो भाग्य आफ्नै नियन्त्रणमा राख्न चाहन्थे, समय आफूअनुकूल पार्न मन लाग्थ्यो। 

क्युबानले माइक्रोसोलुसन्स नामको एक कम्पनी सुरु गरे। व्यवसाय राम्रो भयो। लगत्तै कम्पनी ६० लाख डलरमा बिक्री गरे। त्यसको १० लाख डलर कर्मचारीमा खर्च भयो। अर्को २० लाख डलर साझेदारलाई गयो र त्यसपछिको २० लाख डलर उनीसँग रह्यो। 

प्रशस्त पैसा भएपछि उनले अमेरिकन एयरलाइन्समा जीवनपर्यन्त पास खरिद गरे। विश्वयात्रामा खर्चिए। साथीहरुसँग पार्टीमा रमाए।

त्यसपछि भने उनी परिवर्तित भए। अर्थात् विद्यार्थीले जस्तै बाँच्नथाले र रहेको पैसा जोगाए। 

‘पैसाले मेरा लागि के किन्यो भन्दा स्वतन्त्रता नै हो’, उनी भन्छन्, ‘सेयरबजारमा पनि टन्नै पैसा कमाएँ। त्यतिबेला २ करोड डलरभन्दा धेरै मूल्यको भएको थिएँ। जीवन राम्रै थियो।’ 

लाखबाट अर्बसम्म 
सन् १९९५ मा क्युबानका कलेज साथी टड वाग्नरले उनीसँग इन्टरनेटको उदयबारे गफ गरे। यदि साँच्चै यो इन्डियाना बास्केटबल सुन्न प्रयोग भए क्या गजब हुन्थ्यो भन्ने सुनाए।

त्यसपछि यी दुई मिलेर अडियोनेट भन्ने वेबसाइट बनाए। छिट्टै यो वेब ब्रोडकास्ट डटकममा परिवर्तन भयो जसै भिडिओहरु आउनथाले।

यो नै उनीहरुको पहिलो स्ट्रिमिङ कम्पनी थियो। सन् १९९८ जुलाई १८ मा यो कम्पनी पब्लिक बन्यो। सँगसँगै उनको कम्पनीको सेयर प्रतिकित्ता ३३ डलरमा कारोबार सुरु हुनुपर्ने थियो। तर सेयर कारोबार सोचेभन्दा बढी अर्थात् प्रतिकित्ता ६२.७५ अमेरिकी डलरमा सुरु भयो। 

तत्कालै उनी ३० करोड डलरका मालिक भइहाले। त्यतिबेलै यदि सेयर तेब्बरले बढेको थियो भने उनी उतिबेलै अर्बपति बन्ने थिए।

त्यसपछि याहुले व्यवसायका लागि खरिदको प्रस्ताव ग¥यो। सेयरका लागि बेचिएसँगै कम्पनीको सेयर तेब्बरले बढ्यो र उनी पनि अर्बपतिमा दर्ज भए। 

तर उनले साझेदार वाग्नरलाई बजार अत्यन्तै उच्च दरमा बढेकोले कुनै पनि बेला दुर्घटनामा पर्नसक्नेबारे सचेत गराएका थिए। 

‘म दुवै सँगसँगै हिसाबले सोचिरहेको थिएँ’, उनले भनेका छन्, ‘बढेको बेला केही याहु स्टकलाई बिक्री गरेँ र लाभ पनि लिएँ र आफैँले घटेको बेला किनेँ पनि।’ 

तीन महिनामै इन्टरनेट स्टक बजारमा भ्वाङ पर्‍यो। 

उनले यसलाई पाठका रुपमा लिए– जब तपाईं डलरको पछि लाग्नुहुन्छ, यसले जहिल्यै राम्रो नगर्न पनि सक्छ। 

क्युबानले सम्पत्ति रक्षाको महत्ताबारे जाने र बाँकी जीवन लोभमा पार्नेतिर लागेनन्। 

५.७ अर्ब डलरका मालिक 
अहिले क्युबान ५.७ अर्ब डलरका मालिक छन्।  अहिले उनले डालास मेवरिक्समा थोरै सेयर स्वामित्व लिएका छन्। सन् २०२३ मा उनले यसको ५८ प्रतिशत सेयर स्वामित्व बिक्री गरेका थिए। जुन करअघि अनुमानित २ अर्ब डलरका लागि थियो। 

उनी कस्ट प्लस ड्रग्सका सहसंस्थापक पनि रहेका छन्। सन् २०२२ को जनवरीमा उनले यसको सहसंस्थापना गरेका थिए। यसको लक्ष्य औषधिको मूल्य कम गर्नु रहेको छ।

सानोमा ढोका ढोका चहारेर स्ट्याम्प बेचेका उनी आफ्नै हिसाबले चल्छन्। उनी एक सफ्टवेयर पसलबाट निकालिएका समेत थिए। 

उनको मुख्य सम्पत्ति स्रोत अनलाइन मिडिया, डालास मेवरिक्स र आफ्नै पौरख हो। अमेरिकी नागरिक उनी टेक्ससको डालासका आवासीय हुन्। ३ सन्तानका अभिभावक उनले इन्डियाना युनिभर्सिटीबाट आर्ट्स/साइन्समा स्नातक गरेका छन्। 

एजेन्सी

 

Comments

Back to top