नेप्सेमा ५१.११ अंकको गिरावट, सेयर कारोबार १० अर्ब ४६ करोड!

मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घटेर २,७०२.६५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१० कम्पनीको कुल २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयरको करिब १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २० कम्पनीको सेयर मूल्य बढेको छ, २२४ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनी स्थिर रहे।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा आत्मनिभर्र लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा न्यादी ग्रुप पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.२५% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा न्यादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top