सानिमा बैंकको साधारणसभा आज बस्दै

सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आज मंसिर ४ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरिनेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २५ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

एजेन्सी

Comments

Back to top