नेप्सेमा ४.९८ अंकको वृद्धि, सेयर कारोबार ११ अर्ब ७२ करोड!
आइतबार नेप्से परिसूचक ४.९८ अंकले बढेर २,७५३.७६ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२६ कम्पनीको कुल २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयरको करिब ११ अर्ब ७२ करोड ६७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ, ९२ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा न्यादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments