बढ्यो घोराही सिमेन्टको नोक्सानी, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घोराही सिमेन्ट इण्डष्ट्रिको नोक्सानी बढेको छ । आम्दानी घटेसँगै कम्पनीको नोक्सानी पनि बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी १९ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा थियो।
यस अवधिसम्म कम्पनीको सञ्चालन आम्दानी २४.८० प्रतिशतले घटेर ६६ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८८ करोड ८८ लाख रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ६३ पैसा रहेको छ।
४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।
एजेन्सी
Comments