माई खोला हाइड्रोपावरको मंसिर १४ गते वार्षिक साधारण सभा

माई खोला  हाइड्रोपावर  लिमिटेडको  मंसिर १४ गते  वार्षिक  साधारण सभा बस्ने भएको छ । हाइड्रोपावरले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,वासलात,नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै,आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि यस हाइड्रोपावरले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ ।

कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनी मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् । साधारण सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top