प्रभु क्यापिटलको साधारणसभाबाट लाभांश अनुमोदन

प्रभु क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पारित गरेको छ ।

गत वर्षको मुनाफाबाट ७ दशमलव ३६८४ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरी त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय साधारण सभाले अनुमोदन गरेको छ।

साधारण सभाले ४ सञ्चालक निर्बिरोध निर्वाचित गरेको छ । जसमा बिकास शर्मा गुरागाईँ, आशिष गौचन , दुर्गा भट्टराई रिजाल र राम बहादुर पाण्डे सञ्चालकमा निर्वाचित भएका हुन् । साधारण सभा रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।

एजेन्सी

Comments

Back to top