इजरायलले लेबनानमा गरिरहेको आक्रमण रोक्न अमेरिकाले प्रस्ताव पठाएको पुष्टि

लेबनानको संसदका अध्यक्षले आफ्नो देशमा इजरायलले गरिरहेको आक्रमण रोक्ने विषयमा अमेरिकाबाट प्रस्ताव आएको पुष्टि गरेका छन् ।

लेबनानी संसदका अध्यक्ष नबिह बेरीले लेबनानमा युद्धविरामको लागि अमेरिकाबाट प्रस्ताव प्राप्त गरेको र वातावरण सकारात्मक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ‘युद्धविरामको काम अगाडि बढिरहेको छ, वातावरण सकारात्मक छ, र हामीले परिणामको अनुगमन गर्नुपर्दछ’, बेरीले स्थानीय अखबार अशरक अल–अवसतलाई भनेका छन् ।

बेरीले प्रस्तावमा लेबनानमा इजरायली सेनालाई आवागमनको स्वतन्त्रता दिने कुरा समावेश भएको अस्वीकार गरेका छन् । आफ्नो देशमा इजरायली सेनाको प्रवेश अस्वीकार्य रहेको र यसमा छलफल पनि गर्न नसकिने र सार्वभौमिकतामा कुनै पनि उल्लङ्घन स्वीकार नगर्ने उनको भनाइ छ ।

लेबनानको विद्रोही समूह हिजबुल्लाहविरुद्धको आक्रमणका क्रममा इजरायलले गरेको आक्रमणमा लेबनानमा एक वर्षको अवधिमा ३२ सय जना भन्दा धेरैको ज्यान गइसकेको छ । 

एजेन्सी

Comments

Back to top