दैनिक अदुवाको रस पिउनुका फाइदा

अदुवा हामी हाम्रो खानपानमा दिनहुँ  प्रयोग गरिरहेका हुन्छौं। अदुवा खानुका धेरै फाइदाहरु छन् । जसलाई विभिन्न खानेकुरासँग मिसाएर वा एक्लै खान पनि सकिन्छ । दिनहुँ यसको रस पिउने गरेमा विभिन्न फाइदाहरु पाउन सकिन्छ ।

– निरन्तर बाडुल्की आउने समस्या अदुवाले ठिक पार्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने गरेमा बाडुल्की ठिक हुन्छ ।

– साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिसाएर पिउँदा बाँझोपनको समस्या हट्न सक्छ ।

– अदुवालाई दालचिनी पानीमा उमालेर चियाको स्टाइलमा पिएमा तौल कम गर्न मद्दत गर्छ ।

– एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर बिहान तथा साँझ पिउनुहोस् । घुँडा दुखेमा ठिक पार्छ ।

– अदुवाको रस निरन्तर पिउने गरेमा बुढोपन ढिला हुन्छ । छाला तथा कपाल स्वस्थ रहन्छ ।

– नियमित अदुवाको रस पिउने गरेमा मुटु स्वस्थ हुन्छ । हृदयघातबाट जोगाउँछ ।

– एक चम्चा अदुवाको रस नियमित रुपमा पिएमा खोकी तथा चिसोबाट जोगाउँछ ।

– सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।

एजेन्सी

Comments

Back to top