ट्रम्पले तुलसी गबार्डलाई बनाए राष्ट्रिय गुप्तचर निर्देशक
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व सिनेटर तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशक नियुक्त गरेका छन् ।
ट्रम्पको घोषणापछि तुलसीले एक्समा एक पोस्टमा लेखेकी छन्, ‘धन्यवाद, डोनाल्ड ट्रम्प अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि । म तपाईंसँग काम गर्न तत्पर छु ।’
तुलसीलाई यो जिम्मेवारी दिँदै ट्रम्पले भने, ‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि कांग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नल तुलसी गब्बार्डले राष्ट्रिय खुफिया (डीएनआई) निर्देशकको रूपमा काम गर्ने छिन् ।’
यो उल्लेखनीय छ कि तुलसी गबार्डले अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरिसकेकी छिन् ।
तुलसीलाई इराक र कुवेतमा आर्मी नेशनल गार्डको रूपमा तैनाथ गरिएको थियो । उनले होमल्याण्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी समय सेवा गरिन् ।
एजेन्सी
Comments