अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई 'डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी' (डीओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।
राष्ट्रपतिको चुनावमा ट्रम्पलाई सघाएका मस्कले अब ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने बीबीसीको खबरमा उल्लेख छ ।
मस्क नेतृत्वको 'डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी' (डीओजीई) मा भारतीय मूलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् । खर्च कटौतीका लागि ट्रम्प अनावश्यक सरकारी विभाग र एजेन्सीहरूलाई बन्द गर्नुपर्ने र अप्रासङ्गिक नियम कानून संशोधनको तयारीमा छन् ।
यसका लागि ट्रम्पले 'सेभ अमेरिका' नाम दिएर अभियान चलाउने बताएका छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने खबरमा उल्लेख छ ।
एजेन्सी
Comments