ट्रम्पले देशको सीमाना निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी होमनलाई फिर्ता ल्याउने
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो नयाँ प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताएका छन् ।
७८ वर्षीय ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान शुरू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ट्रम्पले आफूले टम होमनलाई लामो समयदेखि चिनेको र अमेरिकी सीमाको प्रहरी र नियन्त्रणमा उनीभन्दा राम्रो कोही नभएको कुरा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् । ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताए ।
होमनले ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तनको कार्यवाहक निर्देशकको रूपमा काम गरेका थिए ।
एजेन्सी
Comments