ह्वाइट हाउसमा जो आए पनि कुनै फरक नपर्ने इरानको प्रतिक्रिया

अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ । बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारकी प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई खारेज गरेकी छिन् ।

इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारकी प्रवक्ता मोहजेरानीले भनिन्, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन । अमेरिकामा सरकार परिवर्तनले इरानमा खासै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’

सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो ।

समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले ट्रम्पको विजयमा भने, ‘ट्रम्पले इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका छैन । हाम्रो पक्षमा नभएका कुराहरू झन् खराब हुनेछन् । यसले हाम्रो अर्थतन्त्र र सामाजिक अवस्थालाई असर गर्नेछ ।’ 

एजेन्सी

Comments

Back to top