अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, प्रारम्भिक गणनामा ट्रम्पको अग्रता
अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू भएको छ । नर्थ क्यारोलिना, साउथ क्यारोलिना, इन्डियाना, केन्टुकी लगायतका राज्यमा मतगणना शुरू भएको हो ।
यो चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा छ ।
अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको अग्रता रहेको छ । उनी डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसभन्दा अगाडि देखिएका हुन् ।
पूर्वराष्ट्रपति ट्रम्पले १९५ इलेक्टोरल भोट ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको ९१ इलेक्टोरल भोट मात्र आएको छ । जीतका लागि कुल पाँच सय ३८ मध्ये दुई सय ७० इलेक्टोरल भोट चाहिन्छ ।
अहिलेसम्मको मतगणनाअनुसार ट्रम्पले ५२ दशमलव ४ र ह्यारिसले ४६ दशमलव ३ मत प्राप्त गरेका बीबीसीले जनाएको छ । मतगणना गर्ने विधि राज्य अनुसार फरक फरक रहेका छन् ।
एजेन्सी
Comments