नेप्से इन्ट्राडे अपडेट: ३१.२५ अंकको वृद्धि!
मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ३१.२५ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ३१.२५ अङ्कले बढेर २,६७६.६२ मा आएको हो। २९५ कम्पनीको ५,४१४,५७२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ५७ करोड ४५ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा लक्ष्मि लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ५.९९% वृद्धि भएको छ भने टप लुजरमा सिटिजन्स सुपर ३० म्युच्युअल फण्ड रहेको छ जसको सेयर मूल्य ३.७८% ले घटेको छ।
Comments