लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोज मिति तोक्यो

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसआधारमा कात्तिक २० गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

एजेन्सी

Comments

Back to top