नेप्सेमा २७.४१ अंकको वृद्धि, ५ अर्ब ३४ करोडको सेयर कारोबार!
सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २,६४५.३१ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयरको करिब ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१३ कम्पनीको सेयर मूल्य बढेको छ, २८ कम्पनीको मूल्यमा गिरावट छ भने २ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा जानकी फाइनान्स कम्पनी लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा पिपुल्स हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.०२% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा बरुण हाइड्रपावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments