एभरेष्ट बैंकको इम्पेयरमेन्ट चार्ज ह्वातै घट्यो

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.४४ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ७८ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १३.०९ प्रतिशतले बढेर २ अर्ब १३ करोड ९० लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी १ अर्ब ८९ करोड १५ लाख रुपैयाँ थियो ।

बैंकको इम्पेयरमेन्ट  चार्ज ४२  करोड ९५ लाखबाट घटेर १० करोड ६७ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो ।

यता, सञ्चालन नाफा ४४.४९ प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रहेको छ । यसले हालसालै सेयरधनीलाई लाभांश वितरण गरेपनि अझै लाभांश क्षमता निकै राम्रो देखिएको छ । उक्त रकमबाट यसले १६.२२ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ५३ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३४.८५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा रहेको छ ।

एजेन्सी

Comments

Back to top