हरेक अभिभावकले बच्चालाई सिकाउनै पर्ने राम्रा बानी

भनिन्छ बच्चाहरु आफ्ना आमाबाबाका प्रतिविम्ब हुन्छन् । यही कारणले होला बच्चामा पनि आफ्ना अभिभावकमा जस्ता गुण तथा झल्कोहरु आउँछ ।

बच्चाका लागि आमाबाबा नै आदर्श हुन्छन् । त्यसैले अभिभावकले आफ्ना बच्चालाई सानैदेखि असल बनाउन राम्रा बानी सिकाउनुपर्ने हुन्छ ।

यसरी घरबाट सानैदेखि शिष्ट र सभ्य भाषा तथा बानी सिके भने बच्चालाई ठूलो भएपछि बाहिर पनि घुलमिल हुन र समाजमा प्रतिष्ठित हुन सजिलो हुन्छ ।

  • राम्रो व्यवहार र विनम्रता यस्ता गुण हुन् जसले समाजमा सम्मान दिने काम गर्छ । त्यसैले बच्चालाई सानैदेखि सबैलाई सम्मान गर्न सिकाउनुहोस् । आफूलाई मन नपर्ने व्यक्तिसँग पनि सम्मानपूर्वक र शिष्ट भाषामा बोल्न सिकाउनुपर्छ ।
  • कृपया, धन्यवाद तथा माफ गर्नुस्, जस्ता शब्द जीवनमा जान्न एकदमै जरुरी छ । यसले बच्चालाई जस्तो पनि समस्याबाट बाहिर निस्कन मद्दत गर्छ । यस्ता शब्द प्रयोग गर्ने व्यक्तिलाई समाजमा सम्मान तथा प्रशंसा मिल्छ ।
  • समय एकदमै महत्वपूर्ण छ । त्यसैले बच्चालाई सानैदेखि समयको सही सदुपयोग गर्न सिकाउनुपर्छ । उनीहरुलाई समयमा खान, सुत्न र पढ्ने लगायतका बानी सिकाउन सक्नुहुन्छ ।
  • स्वास्थ्य पनि जीवनमा एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले स्वस्थकर जीवन जिउन बच्चालाई राम्रो र स्वस्थ खाने, शारीरिक रुपमा सक्रिय रहन सिकाउनुपर्छ । त्यसका लागि विभिन्न खेलमा उनीहरुलाई समावेश गराउन सकिन्छ ।
  • बच्चाहरुलाई बाहिरको खाना, चिप्स, मिठाई, बिस्कुट, चकलेट आदि एकदमै मन पर्छ । तर अभिभावकले उनीहरुलाई घरको खानेकुरा पनि एकदमै मिठो हुन्छ र यसले स्वास्थ्यलाई राम्रो गर्छ भनेर सिकाउनुपर्छ । तपाईंले घरमै विभिन्न पकवान बनाउन र खुवाउन पनि सक्नुहुन्छ ।
  • बच्चालाई सानैदेखि सामान सही ठाउँमा राख्ने र सफा राख्न सिकाउनुपर्छ । जसले गर्दा उनीहरुलाई ठूलो भएर आफ्नो काम गर्न सजिलो होस् ।
  • पैसाको सही सदुपयोग गर्न सानैदेखि सिकाउनुपर्छ । जे माग्यो त्यहीँ दिँदा उनीहरु अझै माग गर्दै जान्छन् । त्यसैले सन्तुलित मात्रामा पैसा खर्च गर्न सिकाउनुहोस् ।

एजेन्सी

Comments

Back to top