इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको आवासमा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

माउन्ट लेबनान गभर्नरेटको चौफ जिल्लाको गाउँ वरदानिएहमा रहेको दार अल–सलाम होटललाई लक्षित गरी आक्रमण भएको थियो । यस होटलले दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणबाट भागेका शरणार्थीहरूलाई आश्रय दिइरहेको एनएनएले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायलले लेबनानभरि व्यापक हवाई आक्रमणहरू सञ्चालन गरेको छ । उक्त आक्रमणले देशभरि लाखौँ मानिसलाई विस्थापित गरेको छ । 

एजेन्सी

Comments

Back to top